काठमाडौं, २४ मङ्सिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन्। महाधिवेशन नजिकिँदै गर्दा नेता भण्डारीले बुधबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै आफ्नो उम्मेदवारीको मनसाय स्पष्ट पारेका हुन्।
उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’ पछिल्लो समय कांग्रेसभित्र आगामी नेतृत्वका लागि बहस चलिरहेका बेला भण्डारीले नेतृत्वको चाहना गरेका हुन्।




प्रतिक्रिया