काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पस काठमाण्डौंमा अध्ययन गर्न पुगेका रुपन्देहीका युवा हुन्, सुदिप शर्मा । इन्जिनियरिङसम्बन्धि विषय पढ्न गएका शर्मा सो क्याम्पसका नेविसंघबाट निर्विरोध स्वन्त्र विद्यार्थी युनियन ,सभापति हुन पुगे । नेपाली काँग्रेस पार्टीको विद्यार्थी संगठन नेविसंघलाई चुस्तदुरुस्त रुपमा अगाडि बढाएर लैजाने क्रममा निर्मम घटना मात्रै व्यहोरेनन्, निकै मुस्किलले नयाँ जीवन पाए । क्रुरतापूर्वक घटनाबाट बाँचेका उनै सुदिप राजनीतिबाट पछाडि हटेनन्, थप क्रियाशील रुपमा हालसम्म स्थानीय तहको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारहरुलाई जिताउनका लागि आफ्नो क्षेत्रमा कमान्डिङ्गमा खटिए । स्थानीय तहका जनतासंगको भलाकुसारीसंगै क्षमतावान र नयाँ उम्मेदवारलाई जिताउनु पर्ने स्कुलिङ्गमा अहोरात्र खटे । फलस्वरुप उनले गरेको मेहनत अनुसारको फल पाएको युवा नेता शर्माको भनाई छ।
लामो समय राजधानी बसेका उनी केन्द्रीय स्तरका नेताहरुसंग धेरै काम गरेको अनुभव संगालेका नेता शर्माले करिब ५ वर्षयता गृहजिल्लामा रहेर विभिन्न सामाजिक एंव मानवीय सहयोगार्थ कार्यमा सरिक हुँदै आएका छन् । ०७७ चैत्र ११ गतेदेखि महामारी रुपमा फैलिएको कोरोना भाइरसले सामान्य मजदुरी गरेर जीवनयापन गरि दैनिकी चलाउँदै आएका परिवारलाई खाद्यान्न वितरण तथा कोरोनाबाट बच्नका निम्ति प्रयोग गरिने मास्क वितरण जस्ता कार्यमा नागरिक, कर्मचारी, प्रहरी र पत्रकार लगायतलाई खोजीखोजी मास्क बाँडेर धेरैको मनमा बस्न सफल भएका शर्मा आगामी निर्वाचनमा रुपन्देही क्षेत्र न(२ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सांसदका लागि नाम सिफारिसमा परेको छ।
इन्जिनियरिङ शिक्षा हासिल गरेका शर्माले राजनीतिक यात्रालाई जिम्मेवारी भूमिकामा हुँदादेखि हालसम्म कटिबद्ध रुपमा क्रियाशील हुँदै आएका नेता शर्मा पार्टीको काम कारबाहीअन्तर्गत समूह संगठन निर्माणमा चतुर मानिन्छन् । केन्द्रीय स्तरका नेताहरु संग लामो घुलमिल र कामको अनुभव संगालेका शर्माले आफ्नो पार्टी प्रतिपक्षमा रहँदा सत्तापक्षले गरेका बेथिति र लोकतान्त्रिक पद्धतिमा संविधानमाथि धावा बाल्ने गरेका कार्यप्रति सडक र सञ्जालमा विरोध जनाउने युवा नेताको रुपमा आफूलाई चिनाउन पुगेका छन् ।
भद्रशालीन स्वभावका नेता शर्मा स्नातकोत्तर शिक्षा हासिल गरेका छन् । मिजासिलो व्यवहारले जो कोहीसंग पनि सामिप्यतामा जोडिन सक्ने उनी जिल्लामा वेवारिसे शव व्यवस्थापनमा मानवीय उत्तरदायित्व जस्ता कार्यमा पनि रुची राख्ने गर्दछन्। देश विकासका लागि युवा पंक्तिलाई राजनीतिक यात्रामा अगाडि ल्याए मात्रै विकसित राष्ट्रको परिकल्पना गर्न सकिने वताउने शर्माले युवा पुस्तालाई अगाडि बढ्न दिनुपर्नेमा कुरामा जोड दिए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित जानकीनगर निवासी शर्मा शहरी क्षेत्र एवं ग्रामीण स्तरमा आफ्नो नाम परिचित गराएका छन् । नेता शर्मा को रुपन्देही क्षेत्र न–२ बाट नाम सिफारिसमा परेको छ । नेविसंघका प्रभावशाली नेता मानिने शर्मा पछिल्लो समय केन्द्रीय राजनीति र बसाईलाई धाँती राख्दै गृहजिल्लाको राजनीतिमा क्रियाशिल रहेका थापाथली इन्जिनियरिङ क्याम्पसका पूर्वसभापति हुन् ।




प्रतिक्रिया