काठमाडौं, २४ मंसिर । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई हिजो (मंगलबार) पक्राउ गरेको हो । डीएसपी नेपाल जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए ।
उनकी श्रीमतीको उजुरीको आधारमा पक्राउ पुर्जी लिएर नेपाललाई पक्राउ गरिएको हो । बहुविवाहको मुद्दा परेपछि उनी आफैं जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएका थिए । नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
पक्राउ परेको डीएसपी नेपालकी दोस्री श्रीमतीको बारेमा खोजी भइरहेको पनि बताइएको छ । बहुविवाह मुद्दामा पक्राउ परेको डीएसपी नेपाल गाँजाको कारोबार सम्बन्धी आर्थिक कारोबारमा संलग्न रहेको पाइएपछि यसअघि विभागीय कारबाहीमा समेत परेका थिए ।




प्रतिक्रिया