काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको १५औं महाधिवेशनबाट गगन थापा सर्वसम्मत रुपमा सभापति बन्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद नेपालको राजनीति र नागरिकको पक्षमा परिवर्तन गर्न सक्ने नेतृत्व गगन थापा नै रहेको बताए । समय सापेक्ष नेतृत्व हुनुपर्न भन्ने मागअनुसार यसपालीको कांग्रेस गगनको पक्षमा उभिने उनले बताए । पार्टीको १५औं महाधिवेशनले गगनलाई नै नेतृत्व छान्ने उनले विश्वास व्यक्त गरे ।
‘आजको आवश्यकता कसको हो ? आम नागरिकको भरोसायोग्य व्यक्ति को हो ? विश्वजगतको राजनीतिलाई हेरेर त्यो प्लानका साथ नेपालको विकास र नेपाली नागरिकको पक्षमा परिवर्तन गर्न सक्ने व्यक्ति को हुन सक्छ ? आज गगन थापा एकमात्रै भरोसायोग्य नेता हुन् । त्यसकारण पनि आम नेपाली कांग्रेसका साथीहरु गगन थापाको पक्षमा लाग्नुहुन्छ । परिवर्तनको पक्षमा र समयसापेक्ष नेता गगन थापा हुन् । यसपाली नेपाली कांग्रेसको १५औं महाधिवेशनले गगन थापालाई नेतृत्व छान्छ,’– उनले भने ।
नेपालको स्वतन्त्रता, नेपालको व्यवस्थापन र समृद्धिका लागि नेतृत्व गर्ने व्यक्ति चाहिन्छ भन्ने सोचका साथ गगनले नेतृत्व लिनुपर्ने उनले बताए । शेखर कोइरालाले पनि गगन थापालाई नेतृत्व स्वीकार गर्नुपर्ने परिस्थिति बन्दै गएको उनको दाबी छ । शेखर अभिभावक बनेर देशको समग्र विकासका लागि गगनलाई बनाएर सर्वसम्म्त रुपमा सभापति बनाइनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया