काठमाडौं, २४ मंसिर । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटीका नवनिर्वाचित अध्यक्ष यज्ञ प्रसाद उप्रेतीले आफूमाथि कार्यकक्षमै सांघातिक आक्रमण भएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि हिजो (मंगलबार) १० बजेतिर कार्यकक्षमै करिब डेढ सयको हाराहारीमा आएको गुण्डाहरुले सांघातिक आक्रमण गरेको बताएका हुन् ।

‘मलाई हिजो करिब १० बजेको समयमा सयदेखि डेढ सयको हाराहारीमा गुण्डाहरु, हामीले नचिनेका चुल्ठे, मुन्द्रे त्यस्ताखालका मान्छे आए । म मेरो कार्यकक्षमा बसिराखेको बेलामा उनीहरु भित्र छिरेर सयौंको संख्याले मलाई आक्रमण गरे । मेरो दाइने हातको पाखुरा र औंलामा चोट लागेकोछ । कपडा च्यातिएको छ,’– उनले भने ।
उनले उक्त आक्रमणमा साम्दिन लामाको योजनामा भएको आशंका व्यक्त गरे । लामाले आफ्नो लाभका लागि विभिन्न अनुचित कार्य गरेको, पैसा अपचलन गरेको अध्यक्ष उप्रेतीको आरोप छ । विभिन्न शक्ति केन्द्रको आडमा लामा त्यहाँ टिकिराखेको उनको भनाइ छ ।




प्रतिक्रिया