एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौं, मंसिर २५ । आज नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका विषयमा छलफल गर्न अहिले बिहान साढे ८ बजेदेखि बैठक बस्न लागेको हो ।

आजको बैठकमा मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्ने उनले जानकारी दिए । आजको बैठकमा १४ वटै समितिका संयोजकहरुले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन्। सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन्। बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइने छ।