मोहना–दैजी सडक निर्माणको ठेक्का तोडियो


काठमाडौं, मसिर २५। हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार (मंसिर २५) बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका निम्ति आर्थिक वर्ष २०७३र७४मा ठेक्का सम्झौता गरिएको थियो । यो सडक करिब २० किलोमिटर लामो हो । त्यसमध्ये पाँच किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । सडकको निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिबद्धताबमोजिम र पटक–पटक ताकेता गर्दा काम नगरेको तथा साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिनेछ ।