आज जाँचबुझ आयोगमा बयान दिन जाँदै दुवाडी र खापुङ


काठमाडौं, मंसिर २५ । जेन-जी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग आज बयान लिँदैछ । हाल अवकाश प्राप्त खापुङ जेन-जी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षक थिए । आन्दोलनमा २३ गते प्रहरीले अत्याधिक बल प्रयोग गरेको विषयमा आयोगले यसअघि उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

बयान लागि बोलाएका दुबै जनालाई आयोगले विदेश जान र काठमाडौं उपत्यकाबाट बाहिर जान प्रतिबन्ध लगाएको छ। जेन-जी आन्दोलनको समयमा दुवाडी गृहसचिव रहेका थिए । उनलाई अन्तरिम सरकारले असोज ७ गते गृहसचिवबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान र काठमाडौंबाहिर जान प्रतिबन्ध लगाएसिन उनी यसबिचमा आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका छन्। दुवाडी र खापुङको बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी रहेको बुझिएको छ । आयोगले यसअघि मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग बयान लिएको थियो।