चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?


काठमाडौं, मंसिर २५ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य हिजो तोलाको दुई लाख ५२ हजार एकसय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च भएको छ। आज चाँदी प्रतितोला तीन हजार आठसय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार सातसय ५० रुपैयाँ रहेको थियो।