रवि र छविको मुद्दा आज पनि ‘हेर्न नमिल्नेमा’


काठमाडौं, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि ‘हेर्न नमिल्नेमा’ परेको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो । न्यायाधीश विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेको कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको बताइएको छ ।

रवि र छवि बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् । उनीहरुले बिगो बराबरको धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिएका थिए । लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गतेपछि निरन्तर सरिरहेको छ ।