पूर्वमन्त्री केसी चुनाव नलड्ने, नयाँलाई अवसर दिने घोषणा


काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजेन्द्रकुमार केसी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नहुने भएका छन् । उनले आँफैले अब आफू चुनाव नलड्ने घोषणा गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १० बाट तीन पटक चुनाव जितेका केसी एकपटक खेलकुदमन्त्री समेत भए ।

उनले अब युवा पुस्तालाई अघि बढाउनको लागि आफू चुनावी मैदानबाट ब्याक भएको स्पष्ट पारेका छन् । केसीले आफू पार्टीमा पुस्तान्तरणको पक्षमा रहेको खुलाएका छन् ।

आफू चुनाव नलड्ने कुरा उनले पार्टीको माथिल्लो तहका नेताहरुलाई जानकारी गराईसकेका छन् । पार्टीभित्र रुपान्तरणको आवाज उठेको बेलामा आफूले त्यो आवाजलाई सम्बोधन गर्नेगरि कदम चाल्न लागेको उनको भनाई छ । उनले अब पार्टीमा पटक पटक अवसर पाएकाहरुले छोडनुपर्ने र नयाँ पुस्तालाई अघि बढाउनुपर्ने मत राख्दै आएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र एकदमै बलियो भएकोले पार्टीका जो कोही नेताले चुनाव लड्दापनि सहज अवस्था रहेको चुनाव जित्नसक्ने दाबी गरेका छन् । अहिले कांग्रेसले धमाधम उम्मेद्वार सिफारिश गरिरहेको छ । file photo