काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री पदम गिरीले पार्टीको महाधिवेशन भाँड्नको लागि वर्तमान सरकारका मान्छेहरु लागिपरेको गम्भीर आरोप लगाएका छन् । सुशीला सरकारले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि षड्यन्त्र गरेको भन्दै यस्तो आरोप लगाएका हुन् ।
उनले भनेका छन्–एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाड्न देशी बिदेशी शक्तीको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो ,अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ।वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथी जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस् ,सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ।साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोही लाई पनि ईतिहासले माफी दिने छैन।




प्रतिक्रिया