काठमाडौं, २५ मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । हालै सिंहदरबार अवलोकन गरेकी भण्डारीले आज संसद् भवनको अवलोकन गरेकी हुन् । जेन-जी आन्दोलनको कारण जलेर धवस्त भएको भवन अवलोकनमा भण्डारी पुगेकी हुन् । उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका थिए । सिंहदरबार अवलोकनमा पुग्दा भने उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेकी थिईन् ।
एमालेको ११औं महाधिवेशनको मुखमा भण्डारीले बढाएको सक्रियताको कारण अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता तथा कार्यकर्ता झस्किएका छन् । आजमात्रै एमाले नेता महेश बस्नेतले भण्डारी र प्रधानमन्त्री कार्कीबीच भएको भेटमा ओलीलाई पक्राउ गर्ने विषयमा कुरा भएको गम्भीर आरोप लगाएका छन् ।
११औं महाधिवेशनमा भण्डारी स्वयम अध्यक्षको दाबेदार थिईन् । तर, उनको पार्टी सदस्यता नै ओलीले नवीकरण गरिदिएनन् । उनले आफू उम्मेद्वार हुन नपाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेकी छिन् । file photo




प्रतिक्रिया