काठमाडौँ, २५ मङ्सिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेकी छिन् । आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए । अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आगनजी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताइन् ।
गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनको निशानामा परेको सङ्घीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो । रासस




प्रतिक्रिया