काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरेका छन् । उनले सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको भन्दै अर्को बाटो नभएको बताए । उनले मुलुकलाई संवैधानिक बाटोमा फर्काउनको लागि पनि प्रतिनिधिसभा पूनःस्थापना हुनुपर्ने बताएका हुन् ।
उनले अहिलेको सरकारको कुनै कानूनी हैसियत नभएको समेत आरोप लगाएका छन् । आज (बिहीबार) प्रेस चौतारी नेपालको ब्यानरमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्ते बताएका हुन् । उनले सुशीला कार्की नेतृत्वको सरकारलाई कसैले ल्याएर टाँसिदिएको भन्दै ‘नागपञ्चमीमा गोबरले टाँस गरेको नागजस्तै’ भनिदिए ।
उनले हिजोमात्रै सरकार र जेनजी अभियन्ताहरुबीच भएको सम्झौताको बारेमा समेत आलोचना गरे । उनले उक्त सहमतिलाई कलाविहीन नाटकको संज्ञा दिए । Photo Source: Balkot/Facebook Page




प्रतिक्रिया