पूनर्बहाली भएपछि मन्त्री घिसिङ भेट्न मन्त्रालय पुगे हितेन्द्र


काठमाडौं, २५ मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङसँग भेटेका छन् । अदालतबाट पूनर्बहाली भएपछि शाक्यले प्राधिकरणमा पुगेर पदभार ग्रहण गरिसकेका छन् । तर, विभागीय मन्त्रीलाई भने आजमात्रै भेटेका हुन् । घिसिङ उर्जामन्त्री भएपछि उनलाई अन्यत्र सरुवा गरिएको थियो ।

आफूलाई अन्यत्र पठाईएपछि शाक्य रिट लिएर अदालत गएकोमा हालै अदालतले उनलाई पूरानै जिम्मेवारीमा फर्काउन भनेको हो । घिसिङ र शाक्यबीच प्राधिकरणमा हुँदा सम्बन्ध कहिल्यैपनि राम्रो नभएको बताईन्छ ।

तर, आजको भेटमा भने दुई जनाबीच हार्दिकतापूर्वक कुराकानी भएको जनाईएको छ । सो अवसरमा मन्त्री घिसिङले प्राधिकरणलाई पूर्ण क्षमतामा काम गर्न निर्देशन दिएका छन् ।