काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस डडेलधुराले आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि पार्टी सभापति शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमितिको आज (बिहीबार) बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति देउवाको एकल नाम सिफारिस गरेको हो ।
सभापति देउवाले डडेल्धुराबाट लगातार २०४८ सालदेखि चुनाव लड्दै आएका छन् । जिल्ला सभापति भीमबहादुर साउदले यसपटक पनि प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा सर्वसम्मत देउवाको नाम सिफारिस गरिएको बताए ।




प्रतिक्रिया