काठमाडौं, २५ मंसिर । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजहरि भट्टराई मृत फेला परेका छन् । ५२ वर्षीय भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसरका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतक भट्टराईले मदिरा सेवन गरेको बताइएको छ । उनीअनियन्त्रित हुँदा खोलामा डुबेको हुनसक्ने प्रहरीको भनाइ छ ।
मृतक भट्टराई हिजो बेलुका ललितपुरस्थित यल पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएका थिए । सो क्रममा बेपत्ता भएका भट्टराई मृत अवस्थामा आज फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया