काठमाडौं, २५ मंसिर । सरकार र जेनजी आन्दोलनका अगुवाहरुबीच हिजो सम्झौता भएको छ । उक्त सम्झौता भएको भोलिपल्ट आज (बिहीबार) प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेकी हुन् ।
२१ फागुनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने दायित्वमा रहेकी प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग निरन्तर सम्वाद जारी राखेकी छिन् । आजको भेटमा चुनावको तयारीबारे ब्रिफिङ गर्ने बताईएको छ । साथै, हिजोमात्रै जेनजी आन्दोलनका अगुवाहरुसँग भएको सहमतिको बारेमा पनि जानकारी दिने बताईन्छ । file photo




प्रतिक्रिया