काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ८ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको छ।
क्षेत्रीय समितिको पूर्ण बैठकले डा.अमितसिंह कार्की, राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्द्रलाल श्रेष्ठ र मुस्कानराज गौतमलाई सिफारिस गरेको हो।
बैठकमा स्थानीय तहका छलफल, संगठनगत मूल्यांकन र कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा सिफारिस सूची तयार गरिएको समितिले जनाएको छ।
उम्मेदवार सूचीमा डा.कार्कीलाई सबैभन्दा बलियो दाबेदारका रूपमा प्रस्तुत गरिएको छ। क्षेत्रीय नेतृत्वका अनुसार कार्कीको दीर्घ संगठनात्मक संलग्नता, क्षेत्रीय सक्रियता र विकास–निर्माणका मुद्दामा प्रस्तुत धारणा मुख्य कारण बनेका छन्।
अब सिफारिस नामावली केन्द्रीय समितिमा पठाइनेछ। प्रतिनिधि सभा चुनावका लागि अन्तिम निर्णय पार्टी केन्द्रीय नेतृत्वले गर्नेछ।




प्रतिक्रिया