काठमाडौं, मंसिर २६ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्की भदौ २४ गते बिहान काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका थिए । घटना हुँदा एआईजी रहेका कार्की गत कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् ।
यसअघि हिजो बिहीबार तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीले आयोगमा पुगेर बयान दिएका छन् । हिजो बयान नसकिएकाले उनीहरूसँग आज पनि बयान जारी रहने छ । यसअछि आयोगले पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरेको छ ।




प्रतिक्रिया