काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । स्रोतका अनुसार आज नै मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ ।
प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीलाई शपथ गराउन लागिएको बताइएको छ । हिजो (बिहीबार) शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नेबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएकी थिईन् ।
आज विस्तार हुने मन्त्रिपरिषद्का मन्त्रीहरुले कुन–कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्नेबारेमा खुलाइएको छैन । प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्ता गर्न लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठलाई मन्त्री बनाउन लागेको स्रोतले बतायो ।




प्रतिक्रिया