एमाले सचिवालय बैठक एक घण्टा सर्यो, होला त विधान संशोधन ?


काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक एक घण्टा पर धकेलिएको छ । अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुको व्यस्तताको कारण बैठक एक घण्टा पर सरेको हो । आज दिउँसो १ बजेको लागि बोलाईएको बैठक अब २ बजे बस्नेछ । आजको बैठकमा विधान संशोधन गर्ने तयारी गरिएको छ ।

संस्थापन पक्षले विधान संशोधन गर्ने तयारी गरेको बेलामा संस्थापनइतरका नेताहरुले भने यसबारेमा विरोध जनाएका छन् । अध्यक्ष ओलीले नेताहरुको व्यवस्थापन गर्नको लागि विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउन लागेका छन् ।

तर, अध्यक्षमा ओलीलाई चूनौति पेश गर्न लागेका ईश्वर पोखरेलसहितका नेताहरुले पदाधिकारीको संख्या बढाउन नहुने मत राखेका छन् । file photo