काठमाडौं, २६ मंसिर । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आजमात्रै चार जना मन्त्रीहरु नियुक्त गरेकी थिईन् ।
उनीहरुको अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ–ग्रहण गरेका हुन् । आज नियुक्त हुनेमा राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नाम छन् ।
नियुक्त भएका मन्त्रीहरुमा भण्डारीलाई श्रम मन्त्रालय, श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन तथा वातावरण र ईङ्नामलाई भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिईएको छ । तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय








प्रतिक्रिया