पर्यटन मन्त्रालयको जिम्मेवारी उद्योगमन्त्री सिन्हालाई, यस्तो मन्त्रीहरूको वरियताक्रम


काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त चार मन्त्रीहरु कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधवप्रसाद चौलागाईं र श्रद्धा श्रेष्ठले आज पद तथा गोपयिनताको शपथ लिएका छन् ।

इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिईएको छ । भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यस्तै, चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय र श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी भने उद्योगमन्त्री अनिलकुमार सिन्हालाई दिएकी छिन् । सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी छ । तस्विर : केशव थापा/प्रम कार्कीको सचिवालय