काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्। निधिको नाम सर्वसम्मत रुपमा सिफारिश भएको हो ।
०७९ को निर्वाचनमा निधि समानुपातिकमा बसेका थिए । सो क्षेत्रबाट एमालेकी नेतृ जुलीकुमारी महतो निर्वाचित भएकी थिईन् । २१ फागुनमा हुने निर्वाचनमा यसपटक पनि एमालेले जुलीलाई नै उम्मेद्वार बनाउने चर्चा छ ।
उता, ०७४ मा सो क्षेत्रमा राजेन्द्र महतो निर्वाचित भएका थिए । यसपटक उनको नाम यही क्षेत्रबाट सिफारिश भएको छ ।




प्रतिक्रिया