काठमाडौं, २६ मंसिर । ठगी आरोपमा अनुपकुमार सिंह पक्राउ परेका छन् । उनी पछिल्लो पटक झापाबाट पक्राउ परेको र अहिले काठमाडौं ल्याइसकिएको बताइएको छ । पक्राउ परेका सिंहले आफूलाई पूर्व राजा ज्ञानेन्द्र शाहको भान्जा भनेर ठगी गर्दै आएको बताइएको छ ।
काठमाडौं महानगरपालिका–२७ असनमा घर भएका सिंह भारततर्फ भाग्दै गरकेो अवस्थामा झापाको धुलाबारीबाट पक्राउ परेका हुन् । उनीसँगै उनका सहयोगी लड्डु श्रेष्ठ पनि पक्राउ परेका छन् । उनी यसअघि २०८१ चैतमा पनि पक्राउ परेर जेल चलान भएको थिए । उनले बेलायतमा पूर्व राजपरिवारको लगानीमा होटल खुल्दै गरेको र त्यहाँ कामको लागि पठाइदिने भनेर ५० जनाभन्दा बढीलाई ठगेको आरोप छ ।




प्रतिक्रिया