काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) ले सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ । हिजो बसेको सचिवालय बैठकले सरकार र जेनजीका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सम्झौता सरकारको कार्यादेश र संविधान विपरीत भएको ठहर गरेको हो ।
न्यायिक निरुपण भइरहेका विषयमा समेत त्यसलाई प्रभावित पार्ने र राज्यको आर्थिक भार बढाउने गरी सम्झौता भएको एमालेको निष्कर्ष छ । उक्त सम्झौता सार्वजनिक भएसँगै राजनीतिक तरंगित बनेको अवस्थामा एमालेले पनि उक्त सहमतिप्रति आपत्ति प्रकट गरेको हो ।
सम्झौता भएकै दिनमा पनि बालुवाटारमा जेनजीहरुको एउटा समूहले उक्त सहमतिमा आपत्ति जनाएको हो । सबै जेनजीहरुको भावनालाई नसमेटिएको भन्दै केही जेनजीहरुले सम्झौताको विरुद्धमा आन्दोलन समेत गरिसकेका छन् । हिजोमात्रै यो सम्झौता जेनजी आन्दोलनप्रति धोका हो भने वीरगञ्जमा प्रदर्शन गरिएको थियो ।




प्रतिक्रिया