काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल एमालेको ११औं महाधिवेशन प्रतिनिधिमा मनोनित भएकी छिन् । एमालेले १०८ जना मनोनित प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको छ । जसमा उपमेयर डंगोलको पनि नाम समावेश छ । उनी स्थानीय विकास विभागबाट प्रतिनिधि छनोट भएकी हुन् ।
विदेश विभागबाट भने अञ्जान शाक्य छनौट भएकी छिन् । अनेरास्ववियुका पूर्व अध्यक्ष डा. सुजन कडरियादेखि राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिम्सिनासमेत मनोनित भएका छन् । file photo




प्रतिक्रिया