एमालेको महाधिवेशनमा प्रचण्ड सहभागी नहुने


काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) को ११औं महाधिवेशन अहिले केहीबेरमा उद्घाटन हुँदैछ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरमा अहिले प्रतिनिधिहरुसहित एमालेका नेता तथा कार्यकर्ताहरुको खचाखच भरिएका छन् ।

एमाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने विभिन्न दलका नेताहरुलाई पनि निम्ताईएको छ । तर, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भने एमालेको महाधिवेशनको उद्घाटनमा नजाने भएका छन् ।

उनी सुर्खेतमा हुने पार्टीको एकता सन्देशसभामा सहभाग िहुन त्यसतर्फ गएका छन् । प्रचण्डले आफ्नो दलबाट देवप्रसाद गुरुङलाई पठाउने भएका हुन् ।