काठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११आँै राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ ।
विभिन्न ठाउँबाट निस्केको बाजागाजासहित उदघाटनस्थल पुगेका छन् । नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित मञ्चमा पुगेको थियो । भक्तपुरस्थित सल्लाघारीमा उद्घाटन हुनुभन्दा अगाडि पुगेको थियो ।
पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए । भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ । महाधिवेशन यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ । रासस




प्रतिक्रिया