काठमाडौं, मंसिर २८ । आज देशमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। उक्त प्रभावका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। त्यस्तै, आज राति देशभर आंशिक बदली रहने पूर्वानुमान छ। मौसमको अवस्था सामान्य रहेकाले दैनिक जनजीवन, यातायात तथा आर्थिक गतिविधिमा खासै अवरोध नआउने महाशाखाले अपेक्षा गरेको छ।




प्रतिक्रिया