काठमाडौं, २८ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूहरुको बटमलाइन निर्वाचनमा गएर जनताको जनादेश लिएर सरकारको नेतृत्व गर्ने रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब निर्वाचनमा नजानु भनेको संवैधानिक संकट आउने बताए । अहिले संसद् पुनर्स्थापना गर्नु जेन–जीहरुको आन्दोलनको अवमूल्यान गर्नु रहेको बताए ।
‘हाम्रो बटमलाइन भनेकै निर्वाचनमा जाने हो । अहिले जनताको नयाँ जनादेशको आधारमा त्यसपछि हामी सरकारको नेतृत्व गर्ने हो । त्यो भनेको लिगल हो । अहिले संसद् पुनर्स्थापना गर्नुभनेको जेन–जीहरुको आन्दोलनको अवमूल्यान गर्नु हो । इमानदारिताका साथ सबै राजनीतिक दलहरु अब निर्वाचनमा जानुपर्छ,’– उनले भने ।
साथै, फरक प्रसंगमा नेता शाहीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारणले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको र उनी सफल भएको दाबी गरे । उनले कुलमानलाई जनताले प्राधिकरणको कार्यकारी निर्देशक बनाएका हुन् भन्ने कुरा जनताले नै नपत्याउने बताए । प्रचण्डले कुलमानसँग क्षमता छ भनेर त्यो अवसर प्रदान गरिएको उनले बताए । नेता शाहीले कुलमानले अहिले राजनीति बुझिनसकेको र यस्तो प्रकारको राजनीति लामो समय नटिक्ने बताए । कुलमानले जमिनमा छुट्टा नटेकको बताउँदै उनले उनको भविष्य परको नरहेको बताए ।
कुलमान घिसिङलाई त्यो ठाउँमा पुर्याएर काम गर्ने वातावरण सिर्जना गरेको भनेको त तत्कालीन माओवादी पार्टीले हो, प्रचण्डले नै गरेका थिए । अहिले उहाँले मलाई विद्युत प्राधिकरणको जिम्मा दिने काम जनताले गरेका हुन् भनेर बोल्दै हुनुहुन्छ । त्यो कुरा जनताले त पत्याउँदैन । त्यो ठाउँमा पुर्याउनुपर्छ, कुलमानसँग क्षमता छ भन्ने प्रचण्डलाई विश्वास लाग्यो । उहाँले काम गर्न सक्नुभयो । त्यो ठाउँमा काम गर्न अवसर प्रदान गरेको भनेको त माओवादी पार्टी हो । त्यो भन्नुभयो भने जनताले पत्याउँछन् । उहाँले राजनीति बुझ्नुएकै छैन । यस्तो राजनीति लामो समय टिक्न सक्दैन । उहाँको परको भविष्य छैन । जमिनमा खुट्टा टेकेर काम गर्ने मानिसको भविष्य हुन्छ । उहाँहरु हावा हुरीमा रमाउने मान्छे हो । रमाइराख्नुभएको छ ।




प्रतिक्रिया