बन्दसत्रअघि एमालेको केन्द्रीय कमिटी बैठक जारी, विधान संशोधनको प्रस्ताव प्रस्तुत


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक जारी छ। ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक राखिएको हो । यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव राख्न लगाएका छन् ।

उनीपक्षधर नेता खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका हुन् । तर, इश्वर पोखरेल समूहले भने उक्त प्रस्तावको विरोध जनाएका हुन् । फ्लोरबाट विधान संशोधन प्रस्ताव राखिएपछि पोखरेल समूहबाट सुरेन्द्र पाण्डले पनि काउन्टर प्रस्ताव अघि सारेको बताईन्छ । जहाँ पाण्डेले ७० वर्षे उमेरहदको कुरा उठाएका छन् ।