काठमाडौं, २८ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सविता भण्डारीलाई साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको छ । भण्डारी सार्वजनिक पदमा पुगेको र पछिल्लो समय अनेक विवादमा तानिएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले उनलाई साधारण सदस्यबाट पनि निस्काशन गरेको हो ।
उनलाई तत्कालका लागि साधारण सदस्य पनि नरहनेगरी निस्काशन गरिएको कार्यसमितिका एक सदस्य बताए । ती सदस्यका अनुसार भण्डारी विवादमा आएपछि उनलाई राजीनामा दिन पटक–पटक अनुरोध गरिएको थियो । महान्यायाधिवक्ता भण्डारीले साधारण सदस्यबाट राजीनामा दिनका लागि गरिएको आग्रहलाई बेवास्ता गरेपछि निस्काशन गर्नु परेको ती सदस्यले बताए ।
वरिष्ठ अधिवक्तासमेत रहेकी महान्यायाधिक्ता भण्डारी हाल उक्त संस्थामा साधारण सदस्य थिईन् भने यसअघि उनले पटक–पटक कार्यसमितिमा रहेर काम गर्ने मौका पाएकी थिईन् ।




प्रतिक्रिया