मधुवनीमा गोठघरमा आगलागी


मलङ्गवा (सर्लाही), २८ मङ्सिर । गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मधुवनी गाउँबाट प्रहरी हवल्दार गौरीशङ्कर यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा राति करिब ९ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा एक बाख्राको जलेर मृत्यु भएको छ भने एक गाई र बाख्राका दुई पाठापाठी आंशिक रूपमा जली घाइते भएका छन् । साथै घरगोठमा राखिएको पाँच क्विन्टल धान, उक बोरा चामल तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस