ईचंगुनारायण (रानीवन) जग्गा एकीकरण आयोजना (दोस्रो) उपभोक्ता समितिको अध्यक्षमा रेग्मी निर्वाचित


काठमाडौं, २८ मंसिर । ईचंगुनारायण (रानीवन) जग्गा एकीकरण आयोजना (दोस्रो) उपभोक्ता समितिको अध्यक्षमा भरत रेग्मी निर्वाचित भएका छन् । पदाधिकारी चयनका लागि शनिबार भएको निर्वाचनमा रेग्मीले ४ सय ४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । रेग्मीका प्रतिद्वन्द्वी गोपालबहादुर भण्डारीले १ सय ४९ मत पाएका थिए । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी विश्वास अर्यालले भने जम्मा ३५ मत पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा कमला पाण्डे र शंकर प्रसाद लामिछाने निर्वाचित भएका छन् । पाण्डेले ४ सय १८ मत र लामिछानेले ४ सय ४२ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका हुन् । सचिवमा ३ सय ६९ मत प्राप्त गरी मनोज बन्जरा, सहसचिवमा २ सय ५६ मत प्राप्तगरी सीतामाया पौडेल र कोषाध्यक्षमा ३ सय ६३ मत प्राप्त गरी बाबुराम छत्कुली निर्वाचित भएको निर्वाचन संयोजक घनश्याम पौडेलले बताए ।

त्यसैगरी सदस्यहरुमा चेतप्रसाद भट्टराई, भोजबहादुर मल्ल, महेन्द्रप्रसाद न्यौपाने, बि माया गुरुङ, शर्मिला अधिकारी, सबिता भुसाल, संगीता रेग्मी (न्यौपाने), सुशीला दवाडी (अधिकारी), सीताराम श्रेष्ठ, हर्कमान श्रेष्ठ र हरिराम ढकाल निर्विरोध निर्वाचित भएका छन् ।