देउवाले बोलाए केन्द्रीय समिति बैठक


काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (सोमबार) विहान ९ बजे बस्नेगरी कांग्रेसले बैठक बोलाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

बैठक भोलि विहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकको एजेण्डाबारे भने कुनै जानकारी गराइएको छैन ।