काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नेता चालिसे विघटित प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति सभापति हुन् । अख्तियारले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार सात सय ६१ रुपैया विगो माग गरिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाका प्रमुख थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
सो मुद्दामा सन्तोष चालिसेको श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सन्जिव चालिसे र बुहारी प्रमिला पोखरेललाई पनि जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।




प्रतिक्रिया