राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश


काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् ।

आज (आइतबार) राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम उक्त वार्षिक प्रतिवेदन पेश गरिएको हो ।