सरकारको मुख्य काम निर्वाचन समयमै सम्पन्न गर्नु हो : अध्यक्ष दाहाल


काठमाडौं, २८ मंसिर । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्त्व कति छ भन्ने कुराको अनुभूति सम्बन्धित सबै पक्षलाई भएको बताए । दाहालले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसद्को भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । file photo