नवनियुक्त पर्यटनमन्त्री सिन्हाद्वारा पदभार ग्रहण


काठमाडौं, २८ मंसिर । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

आज (आइतबार) मन्त्रालय पुगेर सिन्हाले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्ने बेलामा मन्त्री सिन्हाले आफू कसैकोपनि दबाब र प्रभावमा नपरी काम गर्ने विश्वास दिलाए ।