पोखरेललाई ओलीसँग साथ र सहयोगको अपेक्षा, अभिभावक भएर बस्न सुझाव


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अब पार्टीको अभिभावक भएर बस्ने अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज (आइतबार) जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीलाई अब नेतृत्वको जिम्मा आफूहरुलाई दिन आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले ओली दुई पटक गरेर ११ वर्ष पार्टीको अध्यक्ष भइसकेको र पटक–पटक गरेर ६ वर्ष प्रधानमन्त्री बनिसकेको भन्दै अब गर्न बाँकी केही पनि नरहेको बताए । ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नु पर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,’– वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

उनले अहिले आम परिस्थितिलाई बुझेर ओलीले अभिभावक भएर बस्दा राम्रो हुने बताए । पोखरेलले ओलीलाई आफ्नो अवधारणा पढ्न सुझाउँदै साथ र समर्थनको अपेक्षा रहेको बताए । जारी एमालेको महाधिवेशनका नेतृत्वको लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । पोखरेलले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यता एमाले संस्थापन समूहले पनि ओलीलाई तेस्रो पटक अध्यक्षमा उठ्न दवाब सिर्जना गरिराखेका छन् ।