काठमाडौँ, २८ मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हलवलदार अमृत गुरुङको परिवारसँग भेट गरेका छन् ।
गृहमन्त्री अर्यालले आज कास्कीको रुपा गाउँपालिका–५ पुगी गत भदौ २४ गते जेन–जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेट गरेको उनको सचिवालयले जनाएको छ । भेटमा उनले गुरुङको परिवारका सदस्यलाई राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपुक्त प्रबन्धसमेत गर्ने आश्वासन दिए ।
राज्यले गुरुङको परिवारलाई सबै तरिकाको भरिपूरण गर्ने प्रतिबद्धता व्यक्त मन्त्री अर्यालले उनप्रति गहिरो शोक प्रकट गरे । साथै उनले परिवाजनप्रति संवेदना प्रकट गरे । भेटका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए ।




प्रतिक्रिया