काठमाडौं, मंसिर २९ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मृतकहरूको उमेर १० देखि ८७ वर्षका बिचमा रहेको र आक्रमणकारीमध्ये एक जना पनि समावेश छन् ।
घाइते भएका ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । न्यू साउथ वेल्स प्रहरी बलका अनुसार दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा रहेको जनाइएको छ। घटनास्थलमै मारिएका ५० वर्षीय व्यक्ति कानुनी रूपमा ६ वटा बन्दुक बोकेका लाइसेन्स प्राप्त बन्दुकधारी रहेका थिए ।




प्रतिक्रिया