ओली टिम : दोहोरिए सात जना पदाधिकारी, महेश बस्नेत सचिवका उम्मेदवार


काठमाडौं, मंसिर २९ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका निम्ति अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीको नाम करिब टुंगो लागेको छ । पछिल्लो सहमती अनुसार ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरिएको स्रोतले जनाएको छ ।

यस्तै, सचिवमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम सिफारिस गरिएको छ । भट्ट, विश्वकर्मा र अर्याललाई पुनः निरन्तरता दिने निर्णय गरिएको छ । उनीहरु १०औँ महाधिवेशनबाट सचिव बनेका थिए । त्यस्तै, महासचिवमा पोखरेल र उपाध्यक्ष पौडेल, थापा र बराललाई पनि पुनः निरन्तरता दिन लागिएको हो ।