काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) को ११औं महाधिवेशनमा आज उम्मेद्वारी दर्ता कार्यक्रम छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन् । दुवै पक्षले पदाधिकारीमा आफ्नो प्यानल तयार पारेका छन् ।
अध्यक्ष ओलीको प्यानलबाट सचिवको उम्मेद्वार बनाईएका लेखराज भट्टले भने सचिवमा उम्मेद्वार नबन्ने घोषणा गरेका हुन् ।
उनले उपमहासचिवमा दाबी गरेको बुझिएको छ । १०औं महाधिवेशनमा उनी सचिवमा निर्वाचित भएका थिए । अहिलेपनि सोही पदमा नदोहोरिने उनको भनाई छ ।




प्रतिक्रिया