काठमाडौं, २९ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनमा नै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । उनले निर्वाचनको सम्पूर्ण तयारी भइरहेको र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका हुन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्थतालिका सार्वजनिक भइ सोही बमोजिम तयारी भइरहेको अवस्था छ, निर्धारित मितिमा निर्वाच्न सम्पन्न गर्न सरकार दृढ भएर लागेको छ ।’ सो क्रममा उनले शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण सिर्जना गर्न प्रदेश सरकारको पनि उत्तिकै दायित्व हुने बताए । file photo




प्रतिक्रिया