काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) को ११औं महाधिवेनमा आज उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल आमने-सामने भएका छन । ओली पक्षले आफ्नो प्यानलको नाम सार्वजनिक गरेको छ ।
ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । उपाध्यक्ष थापाको नाम ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेद्वारको सूचिमा समावेश गरिएको छ ।
थापा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा सक्रिय भएकै बेलामा ०७९ को निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।





प्रतिक्रिया