काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) की सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले पार्टीको ११औं महाधिवेशनले केपी शर्मा ओलीलाई भारी मतले विजयी गराउने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्ष जित्न गाह्रो रहेको बताएकी हुन् । उनले कार्यकर्ताको मनोविज्ञान अबको नेतृत्व ओली नै हो भन्ने रहेको दाबी गरिन् ।
‘म बोल्न नचाहेको कुरामा बोल्न नलाउनुस् । जित्नुहुन्छ केपी ओलीले । केपी ओलीले भारी मतले जित्नुहुन्छ । वास्तविकता पर्सी आउँछ । कार्यकर्ताको मनोविज्ञान बुझ्दो त्यही छ । यो महाधिवेशनबाट ईश्वर पोखरेलले जित्न गाह्रो छ । कार्यकर्ताको मनोविज्ञान उहाँको पक्षमा छैन,’– उनले भनिनु ।
उनले आफू आज पनि विद्यादेवी भण्डारीको पक्षमा रहेको र भोलि पनि रहिरहने बताईन् । नेतृ अर्यालले एमालेले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरेको र त्यो भण्डारीको मामलामा मात्रै नभएर भोलिका दिनमा अरुलाई पनि लागू हुने बताईन् । भण्डारीलाई सकृय राजनीतिमा आउन नदिएको कुराको भविष्यमा समीक्षा हुन सक्ने उनको भनाइ छ । भण्डारी अहिले महाधिवेशनको रिङबाट बाहिर रहेको बताउँदै अहिले भण्डारीलाई जोडेर बहस गर्न आवश्यक नरहेको बताईन् ।
साथै, उनले विद्या भण्डारीको सक्रिय राजनीतिमा तीब्र चाहना रहेको बताउँदै १२औं महाधिवेशनमा भने अध्यक्ष बन्न सक्ने बताईन् । आफू भण्डारीलाई विवादित बनाएर सस्तो बनाउनुपर्छ भन्ने पक्षमा नरहेको बताईन् ।




प्रतिक्रिया